राजनीतिक परिवर्तनकाे नेतृत्व प्रचण्डले गरेकाे अर्थमन्त्री शर्माकाे दाबी
फाइल फाेटाे

अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दावी गरेका छन् ।

पार्टी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एसाेसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

उनले भने, ‘जनआन्दोलनको एउटा प्रक्रियाबाट हामीले नेपाललाई सामन्तवादबाट मुक्त गर्‍याैं ।  याे परम्परागत लोकतन्त्र होइन । यो अझ सुदृढ प्रजातन्त्र हो । समावेशी लोकतन्त्र हो । यो समावेशी लोकतन्त्रसम्म ल्याई पुर्‍याउनका लागि के-के सत्य हुन् ? यो विचार कसले पैदा गर्‍याे ? यो अभियान कसेले थालनी गर्‍याे ? यो आँट कसले गर्‍याे ? भन्ने कुरा स्वतहः स्पष्ट छ । त्यो कुरालाई स्थापित गर्नु, त्यो कुरालाई जनतासम्म लैजानु आज आवश्यक छ ।’  

देशमा सुदृढ प्रजातन्त्र ल्याउन प्रचण्डले ठूलाे भूमिका खेलेकाे उनकाे भनाइ छ । 

‘नेकपा (माओवादी)ले गरेको यो हो आँट । नेकपा माओवादी नेतृत्वले गरेको हो, यो आँट । अध्यक्ष प्रचण्डले गर्नु भएको हो, यसको नेतृत्व । यो तथ्य हो । यो कुनै बनावटी कुरा होईन । कसैको प्रशंसाको कुरा होइन । यो माओवादीका मात्रै कुरा होईन, परिवर्तनको कुरा हो । यो तथ्यलाई स्थापित गर्नुस्’, उनले भने ।

उनले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्चाइलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।



नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चारमाध्यमहरूले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरूलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताए ।

जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरूको जानकारी गराउने काममा पनि सञ्चारक्षेत्रमा आवद्ध संघ, संगठनहरूले जोड दिनुपर्ने जरुरी रहेकाे मन्त्री शर्माकाे भनाइ छ।



  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १२:५७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया