एमाले महाधिवेशन : सुनसरी एमालेबाट चुनिए ४२ प्रतिनिधि

नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरैजना आकांक्षी भएपछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि विवादबीच प्रतिनिधि चयन गरिएको हो । 

चितवनमा हुने पार्टीको १०औं केन्द्रीय महाधिवेशनमा सुनसरीबाट ४२ जनाले प्रतिनिधित्व गर्नेछन् । जिल्ला निर्वाचन सहयोग समितिका संयोजक शिवराज चौहानका अनुसार सुनसरी क्षेत्र नम्बर १ बाट खुलातर्फ ६ जना र महिलातर्फ ३ जना गरी ९ जना प्रतिनिधि चयन भएका छन् । 

खुल्लातर्फ जयकुमार राई, रमेश बस्नेत, विजय राई, मीनकुमार सुब्बा, राम आङबुहाङ र योग्यराज खड्का छनौट भएका छन् । यस्तै, महिलातर्फ वीणा खनाल, रुफिना गुरुङ (राई) र लहरु माया जिमी पनि प्रतिनिधि छनौट भएका छन् ।

यस्तै क्षेत्र नम्वर २ मा खुलातर्फ ८ जना र महिलातर्फ ३ जना प्रतिनिधिमा चयन भएका छन् । खुल्लामा खेमराज पोखरेल, रेवतीरमण भण्डारी, सर्वध्वज सावाँ, पोष्ट कुमार नेपाल, सरोज पोखरेल, पर्शुराम यादव, गुणराज काफ्ले र द्धारिकलाल चौधरी छन् । महिलातर्फ लक्ष्मी गौतम, अमृता सुब्बा निरा खनाल रहेका छन् । 

यसैगरी, क्षेत्र नम्वर ३ मा खुलातर्फ लिलम बस्नेत, भीम सुवेदी (सागर), भुवन पोखरेल, भूमिनारायण चौधरी, खड्गनारायण उराँव र रामदेव यादव प्रतिनिधिमा चयन भएका छन् । महिलातर्फ निर्मला काफ्ले, सुजला गुरुङ र दुर्गी सरदर रहेका छन् । 

निर्वाचन क्षेत्र नम्बर ४ मा खुलातर्फ निलम खनाल, बद्रीनाथ घिमिरे, कालूराम गुरुङ, ललितबहादुर थापा, लस्करी अन्सारी र अजय कुसियैत महाधिवेशनमा प्रतिनिधि चयन भएका छन् भने महिलातर्फ कौशिल्या माझी, शकुन्तला भण्डारी र होमकुमारी श्रेष्ठ चयन भएका छन् । 



यता दलिततर्फबाट धनबहादुर विश्वकर्मा, सुमन मग्राती, पार्वता बराइली र लालबहादुर सेन्चुरी चयन भएका छन् । 
 



  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १३:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया