नेपालगञ्ज म्याराथन : किरण र सन्तोषी भए प्रथम
फरकधार / ४ मंसिर, २०७८

सातौं संस्करणको धारा नेपालगञ्ज पुरुष म्याराथनको उपाधि एपिएफका किरणसिंह बोगटीले हात पारेका छन् ।



उनले  निर्धारित दूरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गरे ।

दोस्रो स्थान हासिल गरेका आर्मीका नरेन्द्र रावतले निर्धारित दूरी २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा  पूरा गरे ।

२ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा  दौड पूरा गरेका  एपीएफका  सन्तोषविक्रम विष्टले तेस्रो  स्थान हासिल गरे ।



पुरुष म्याराथन विजेताले १ लाख, उपविजेताले ५० तथा तेस्रो स्थानमा रहनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले हात पारिन् ।

उनले निर्धारित दूरी १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा  पूरा गरिन् ।

साबिक विजेता पुष्पा भण्डारीले १ घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थानमा चित्त बुझाइन् ।

१ घण्टा ३६ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरेकी विन्दु हमालले तेस्रो स्थान हासिल गरिन् ।

हाफ म्याराथनको विजेताले ५१, उप विजेताले २५ तथा तेस्रो स्थानमा रहनेले १५ हजार रुपैयाँ प्राप्त गरे ।

  • प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार १४:२५:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया