सुरु भयाे संवैधानिक इजलास

काठमाडौं– लामाे समयपिछ सर्वोच्च अदालतमा संवैधानिक इजलास सुरु भएको छ ।

१६ साउनदेखि बस्न नसकेको संवैधानिक इजलास बुधबार बसेको हो । संवैधानिक इजलास प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्चका अन्य चार न्यायाधीश रहने व्यवस्था छ । 

बुधबार सुरु भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँगै न्यायाधीशहरू दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे छन् ।

इजलास नियमित बस्न नसक्दा संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुन सकेको थिएन । इजलासका सबै न्यायाधीश उपस्थित नभएसम्म संवैधानिक इजलास चल्न सक्दैन । एउटा प्रधानन्यायाधीशको अवकाशपछि अर्को प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म यो ठप्प रहन्छ । 

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएपछि पाँच सदस्यीय इजलास गठन भए पनि अहिलेसम्म इजलास बस्न सकेको थिएन । 
न्यायाधीश दीपककुमार कार्की विदेश भ्रमणमा रहेकाले इजलास सञ्चालन हुन नसकेको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेती बताउँछन् ।

संवैधानिक इजलास मंगलबार र बुधबार मात्र बस्ने तय भएको छ । प्रधानन्यायाधीश तथा न्यायाधीशहरूले अन्य विषयका मुद्दा पनि हेर्नुपर्ने भएकाले संवैधानिक विवादका विषय हेर्नका लागि हप्ताको दुई दिन छुट्याइएको हो ।



सर्वोच्चका अन्य इजलासमा बहसपछि संविधानसँग बाझिएका र गहन छलफल गर्नुपर्ने मुद्दा संवैधानिक इजलासमा पठाइन्छ । इजलासमा संवैधानिक विवादका २२३ मुद्दा थन्किएका छन् ।



  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार २१:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया