भारतीय टिभी च्यानल सञ्चालन गर्न अनुमति दिने गद्दारीकाे भद्दा रूप : नेता अधिकारी

नेकपा (एमाले)का नेता खगराज अधिकारीले भारतीय टिभी च्यानललाई जग्गा र संचालन गर्न अनुमति दिने काम नेपालीमाथिकाे गद्दारीकाे भद्दा रूप भएकाे टिप्पणी गरेका छन् ।

नेता अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्ताे टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री भइसकेका नेताहरू हर्षबढाइँ गर्न पुग्नु पनि लज्जास्पद भएकाे बताएका छन् ।

उनले फेसबुकमा  लेखेका छन्, ‘भारतीय टिभी च्यानललाई जग्गा र संचालन अनुमति दिने र ३ जना प्रधानमन्त्री भइसकेका महाशयहरू हर्ष बढाइ गर्न पुग्नु नेपाल र नेपालीमाथि गद्दारीको भद्दा रूप नभए के हो त?’ 

गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले रामदेव पतञ्जलि योगपीठ नेपालले आयाेजना गरेको पतञ्जलि नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गरेका थिए।

दुबै टिभीले प्रसारणका लागि इजाजत नलिएकाे खुलेकाे छ । साेही क्रममा देउवाले नेपालमा आयुर्वेद उद्याेग खाेल्न जग्गा दिने घाेषणा पनि गरेका थिए । यही विषयलाई लिएर नेता अधिकारीले टिप्पणी गरेका हुन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार ९:५१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया