दक्षिण अफ्रिाकाका स्पिनर सेन व्हाइटहेडले प्रथम श्रेणीको क्रिकेटको एकै इनिङ्समै १० विकेट लिएका छन् ।
उनले पहिलो इनिङ्समा नै १० विकेट लिएका हुन् । दक्षिण पश्चिमी डिस्ट्रिक्ट्सबाट खेलिरहेका सेनले इस्टर्न स्टर्मविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् ।
स्लो लेफ्ट आर्मर व्हाइटहेडले १२.१ ओभरमा १०–३६ मा को आश्चर्यजनक बलिङ गरे । उनकोे घातक बलिङमा इस्टर्न स्टर्म ६५ रनमै अलआउट भयो ।
सेनले दुईलाई वोल्ड, तीनलाई एलबीडब्लू, चार ब्याटरलाई क्याच आउट गराएका हुन् । उनको यो प्रदर्शन दक्षिण अफ्रिकाको घरेलु क्रिकेटमा हालसम्मकै उत्कृष्ट हो ।
२४ वर्षीय व्हाइटहेडले सन् २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकपमा दक्षिण अफ्रिकाको टोलीबाट खेलिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।