सुर्खेत विमानस्थल २५ दिन बन्द हुने

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको हो । 

धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले मंसिर १० गतेदेखि पुस ५ गतेसम्म विमानस्थल बन्द हुने नागरिक उड्डयन कार्यालय सुर्खेत कार्यालयले जनाएको छ ।

विमानस्थलको धावनमार्गमा ओभर–ले गर्नुपर्ने भएका कारण नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुराहरी भण्डारीले बताए ।

‘विमानस्थल मर्मतसम्भार २५ दिनमा सक्ने योजना बनाएका छौं’, उनले भने, ‘त्यो अवधिमा नियमित उडान बन्द हुन्छन् ।’

विमानस्थल मर्मतसम्भारका लागि बन्द हुने भएपनि बुद्ध एयरले नेपालगञ्जमा थप उडान थप्ने जनाएको छ । 

सुर्खेत विमानस्थल धावनमार्ग मर्मतसम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाईयात्रा थप सहजताका लागि नेपालगञ्जको लागि थप १ उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।
 





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १३:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया