नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धिहरूका क्रममा भएका कमीकमजोरीको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आफूहरू प्रतिबद्ध भएको बताएका छन् । विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५औं वर्षका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
'आजसम्मका राजनैतिक उपलब्धिहरूप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरूको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौं,' उनले भनेका छन्, 'यो मामला सरकारको मात्र मामला नभई राज्यको मामला हो यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिबद्ध र एकताबद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौँ ।'
उनले सहिद तथा वेपत्ता परिवार, घाइते, विस्थापितलगायतका पीडितहरूसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी अधिवेशनमा टुङ्गोमा पुर्याउन र शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिबद्ध जनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।