काठमाडाैं- आइतबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय आज साँझ सार्वजनिक गरिने भएको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले टि्वट गर्दै मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गरिने जानकारी दिएका हुन् ।
बाँस्कोटाले आजा साँझा ४ बजे सूचना तथा सञ्चार मन्त्रालयमा पत्रकारकार सम्मेलन गरेर मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिने जानकारी दिएका हुन् । आइतबार साँझ नै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नहुँदा सरकारको आलोचना भएको थियो । सरकारको आलोचना भएपछि सरकारले सूचना व्यवस्थित तवरमा वितरण गर्न आइतबार नै निर्णय सार्वजनिक नगरेको बताएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।