भीम रावलले भने - पार्टीको केन्द्रीय कार्यालयबाट उम्मेदवारी घोषणा गर्न दिइएन

नेकपा एमाले उपाध्यक्ष डा. भीम रावलले पार्टीको केन्द्रीय कार्यालयबाट उम्मेदवारी घोषणा गर्न नदिइएको बताएका छन् । रिपोर्टस क्लबमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा रावलले केन्द्रीय कार्यालय थापाथलीबाट उम्मेदवारी घोषणा गर्न नदिइएको बताए ।

योजना थापाथलीस्थित केन्द्रीय कार्यालयबाटै दिने रहे पनि त्यो हुन नसकेको उनको भनाइ छ । 'मैले एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट उम्मेदवारी घोषणा गर्न चाहेको थिए । तर, महासचिवबाट महाधिवेशनको व्यस्तताका कारण त्यहाँका कुनै कक्ष पनि खाली छैनन् भन्ने जानकारी पाएँ । त्यसैले मैले रिपोर्टस क्लबबाट उम्मेदवारी दिएको हुँ' उनले भने ।

उनले आजै १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारीको घोषणा गरेका छन् । उनले चितवनमा हुने लागेको १० औं महाधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पार्टीभित्र १० बुँदे सहमति, १२ बुँदे अन्तरपार्टी निर्देशन लागू नहुँदा अविश्वास पैदा भएको उनको भनाइ छ । नेकपा एमाले आन्तरिक रूपमा विभिन्न समस्याको सामना गरिरहेको बेला देशभित्र आन्तरिक र बाह्य शक्ति सक्रिय भइरहेको उनको भनाइ छ । 

राजनीति दलहरू मतभेद र फुटको विचलनमा फसिरहेको उनको भनाइ छ । दलहरू जनताको मुद्दामा केन्द्रीत हुनुपर्नेमा आन्तरिक विवादमा फर्किरहेको बताए । 

छरछिमेकमा समेत शक्ति प्रदर्शनको गम्भीर संकट पनि देखा पर्न लागेको उनको भनाइ छ । शक्ति राष्ट्रहरूले नेपालको आन्तरिक सुरक्षामा समेत खेलबाड गर्ने अवस्था देखिएको बताए । 






  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १५:५०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया