साताको पहिलो दिन नेप्से परिसूचक ११.६० अंकले घट्यो

साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट भएको छ । कारोबारको सुरुवातसँगै घटेको शेयर बजार कारोबारको अन्तिम समयमा आएर ११.६० अंकले गिरावट आएको छ ।

नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको छ। गत साताको अन्तिम कारोबारको दिन बिहिबार ३२.३९ अंकले गिरावट आएर २ हजार ७६९.१३ अंकमा सीमित भएको थियो । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स ३.७५ प्रतिशत घटेर ५१८.२५ अंक भएको छ ।

त्यस्तै फ्लोट इण्डेक्स ०.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले घटेका छ ।  आइतबार कारोबारमा आएका २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।  जसमा ७० कम्पनीको शेयर मूल्य बढेको छ । १४१ कम्पनीको मूल्य गिरावट आइएको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

नेप्से १३ उपसमूह मध्ये दुई उपसमूहबाहेक अन्य सबै राताम्मे भएको छ । जसमा बैंकिङ समूहको ५.१ अंक, विकास बैंक ६.८९, वित्त कम्पनी १९.२३ , निर्जीबन बीमा ६४.१६ , माइक्रोफाइनान्स १७.४३, जीवन बीमा समूहको उपसूचक १४०.५ अंकले घटेको छ । तर, जलविद्युत १३.२१ ,उत्पादन तथा प्रशोधन ९६.१४ अंकले बढेको छ ।

आज सबै पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।

त्यस्तै, नारायणी विकास बैंक, कर्पोरेट विकास बैंक, हिमाल दोलखा हाइड्रो पावर, समृद्धि फाइनान्सको शेयर मूल्य बढेको छ । त्यस्तै सबैभन्दा धेरै शेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी, प्रिमियम इन्स्योरेन्स, आइसीएफसी फाइनान्स र नेशलन माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १६:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया