भीम रावलले किन गरे प्यानलबिनै अध्यक्षको उम्मेदवारी घोषणा ?

नेकपा एमाले उपाध्यक्ष डा. भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिए । उनले आफ्नो कुनै प्यानल नै नबनाइकन उम्मेदवारी घोषणा गरेका हुन् । 

महाधिवेशन आउन पाँच दिन मात्रै बाँकी रहेका बेला अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका रावलले सबै जनाले स्वतन्त्र भएर उठ्न सक्ने बताए । 

'पार्टीको नीति नै कुनै पनि प्यानल बनाएर उम्मेदवारी नदिने भन्नेछ । त्यही भएर मैले अध्यक्षका लागि उम्मेदवारी दिएको हुँ । सबैले स्वतन्त्र भएर आफ्नो उम्मेदवारी दिन पाउँछन्' उनले भने । 

विगतका वर्षहरूमा आफ्नो प्यानल नै बनाएर चुनावी घोषणा गर्ने गरिएको थियो । तर, १० औं महाधिवेशनमा भने त्यसरी प्यानल नै बनाएर उम्मेदवारी नदिइएको बताए । 

आज आफ्नो राजनीतिक घोषणा मात्र भएको भन्दै उनले महाधिवेशन स्थलमा त्यसका लागि आवश्यक प्रक्रिया हुने बताए । अन्य कतिपय साथीभाइले पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा उम्मेदवारी घोषणा गरिरहेको उनको भनाइ छ ।






  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १६:५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया