देशभर थपिए २३८ कोरोना संक्रमित, ३७० जना निको भए

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २३८ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८४५ पीसीआर परीक्षणमा २३२ जनामा र १ हजार २७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार १९ पुगेको छ ।

त्यस्तै सोही अवधिमा ३७० जना निको भएका छन् । योसँग कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३५९ पुगेको मन्त्रालयको तथ्यांक छ ।

यस्तै आज २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ । आज देशभर ७ हजार १६४ जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : मंसिर ५, २०७८ आइतबार १६:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया