भर्खरै पढ्न, लेख्न सिकिरहेका बालबालिकालाई अक्षर सही तरिकाले लेख्न गाह्रो हुुन्छ । यो समस्या केही समयसम्म रहिरहन्छ ।
उमेर बढ्दै जाँदा यो समस्या पनि हराउँदै जान्छ । तर, यो समस्या बालबालिकामा लामो समयसम्म रहिरहेमा भने सावधान हुनुपर्छ, बालबालिका डिस्लेक्सिया डिसअर्डरको सिकार भएका हुन सक्छन् ।
के हो डिस्लेक्सिया ?
यो रोगबाट ग्रसितलाई पढ्न, लेख्न र शब्दविन्यास मिलाउन मुस्किल पर्छ । किनभने, मस्तिष्कले शब्द वा अक्षरलाई मिलाइदिन्छ । यो रोगबाट ग्रसित बालबालिका अक्सर ध्वनि वा लिखित शब्द याद गर्न सक्दैनन् ।
तर, डिस्लेक्सिया हुनुको अर्थ यो होइन कि यसबाट ग्रसित बालबालिकामा अरुका तुलनामा सिक्ने क्षमता कमजोर हुन्छ । फरक यत्ति हो, राम्ररी पढ्न सक्ने क्षमता कमजोर भएका कारण कुनै कुरा सम्झन गाह्रो हुन्छ ।
डिस्लेक्सिया ३ प्रकारका हुन्छन् ।
१. प्राइमरी डिस्लेक्सिया : यसमा बालबालिकाले अक्षर र संख्याको पहिचान गर्ने, समय बुझ्ने लगायत अन्य गतिविधि गर्न सक्दैनन् ।
२. सेकेन्डरी डिस्लेक्सिया : गर्भावस्थामा मस्तिष्क विकास राम्ररी नहुनाले बालबालिकामा यो समस्या देखिन्छ । यसले शब्दको पहिचान गर्न र बोल्नमा समस्या आउँछ ।
३. ट्रमा डिस्लेक्सिया : यो समस्या बालबालिकाको मस्तिष्कमा चोट लागेका कारणल देखिन्छ । यस्तो अवस्थामा बालबालिका आवाज स्पष्ट सुन्न सक्दैनन् । त्यसैले उनीहरुलाई शब्द बोल्न र पढ्नमा समस्या हुन्छ ।
डिस्लेक्सियाका लक्षण
डिस्लेक्सिया भएका बालबालिकासँग कस्तो व्यवहार गर्ने ?
यो समस्याबाट ग्रसित बालबालिकालाई स–सानो काममा पनि प्रोत्साहन गर्नुपर्छ । उनीहरुसँग कुरा गर्दा धैर्यका साथ गर्नुपर्छ ।
उनीहरुलाई एक्लोपन महसुस हुन दिनुहुँदैन । डान्सिङ, पेन्टिङ, स्विमिङजस्ता क्रियाकलापमा उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ । कक्षाकोठामा पनि उनीहरुसँग राम्ररी कुरा गर्नुपर्छ र मजाक उडाउनुहुँदैन ।
बाल्यकालमा डिस्लेक्सियाको सिकार भएका विश्वचर्चित व्यक्तित्वहरु
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।