बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत

बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । 

आइतबार दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । 

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की छन्। 

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुरका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन्। 

उनीहरुलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार ७:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया