नेपाली बजारमा आज (साेमबार) सुनकाे मूल्यमा सामान्य वृद्धि भएकाे छ ।
प्रति ताेलामा २०० रुपैयाँले बढी ९३ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन सुन ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन आज ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि बढेकाे छ । ताेलामा १० रूपैयाँले बढी १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।