कालिकोटमा खुल्यो सरुवा रोग अस्पताल

कालिकोटमा कर्णालीकै पहिलो सरुवा रोग अस्पताल संचालनमा ल्याइएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा कालिकोटमा पहिलो पटक सरुवा रोग अस्पताल संचालनमा आएकाे हाे।

स्वास्थ्य सेवा कार्यालय कालिकोटको स्वामित्वमा कर्णाली सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालको रूपमा स्थापना गरेको हो । 

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरुवा रोग अस्पतालको उद्घाटन गरे । कालिकोटमा संचालनमा ल्याइएको सरुवा रोग अस्पताल कर्णालीकै पहिलो सरुवा रोग अस्पताल हो । यसपछि सुर्खेतमा पनि सरुवा रोग अस्पताल बन्न लागेको छ । 

कर्णाली प्रदेश सरकारबाट १ करोड सहयोगमा अस्पताल स्थापना गरिएको कटक महतले बताए । उनका अनुसार अहिले सरोवा रोग अस्पतालमा २१ जना जनशक्तिको दरबन्दी रहेको छ । वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन एक जना, मेडिकल अधिकृत एक जना, हाउस किपर सहायक एक जना, फार्मेसी सहायक एक जना लगायत अन्य जनशक्ति गरी २१ जनाको दरबन्दी रहेको छ । 

कालिकोटमा स्थापना गरिएको सरुवा रोग अस्पताल तत्कालका लागि १५ शैयाको हुनेछ । यहाँबाट कर्णालीका  कालीकोट, जुम्ला, हुम्ला, मुगु लगायत छिमेकी जिल्ला अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सेवा लिने छन् । 

स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक रत्नवीर सुनारको अध्यक्षता, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सभा सदस्य जीवनबहादुर बुढाको विशेष आतिथ्यतामा उद्घाटन गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १५:२३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया