सरकार विस्तार भएको एक दिन नबित्दै नेकपा एकीकृत समाजवादीकी नेतृ तथा प्रदेश सभा सदस्य मञ्जु यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतप्रति आक्रोश व्यक्त गरेकी छन् ।
नेतृ यादवले मुख्यमन्त्री राउत नेतृत्वको वर्तमान सरकारमा एक जना पनि महिलालाई सहभागी नगराउनु लज्जास्पद विषय रहेको भन्दै आक्राेश व्यक्त गरेकी हुन् ।
उनले मुख्यमन्त्री राउतले संविधानलाई कागजको खोस्टो बनाएको आरोप समेत लगाएकी छन् ।
सामाजिक सञ्जालमा यादवले लेखेकी छन्,‘जुन संविधानको आधारमा लालबाबु राउतजी मुख्यमन्त्री बन्नु भएको छ । त्यहीँ संविधानलाई कागजको खोस्टो बनाइदिनु भएको छ । वहाँको क्याबिनेटमा महिला नहुनु लज्जाको विषय हो कि होइन?’
नेतृ यादवले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सवै सरोकारवालासँग आफ्नो यो प्रश्न रहेको बताएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।