अध्ययनका लागि अमेरिका जाने बढे

काठमाडौं– उच्च शिक्षा अध्ययनका लागि संयुक्त राज्य अमेरिका जाने नेपाली विद्यार्थीको संख्या यो वर्ष पनि बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । 

अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्स प्रतिवेदनले बितेका तीनवर्षयता अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा १५.३ प्रतिशतले वृद्धि भएको जनाएको हो । 

‘लगातार तीन वर्षदेखि अमेरिका अध्ययनार्थ जाने नेपाली विद्यार्थी बढेका छन्, जुन अहिले १३ हजार २ सय ७० पुगेको छ । अमेरिका विद्यार्थी पठाउने २५ देशमा रहेको नेपाल अहिले १०औँ स्थानमा उक्लिएको छ,’ प्रतिवेदनमा भनिएको छ । 

प्रतिवेदनअनुसार अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या १० लाख नाघेको छ । 
 





  • प्रकाशित मिति : कात्तिक २९, २०७५ बिहीबार १७:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया