चितवनको विकासले मेची र महाकालीलाई उत्प्रेरित गर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले ईर्ष्या गर्नलायक विकास भएको बताएका छन् ।

चितवनमा आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधारलगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाई समेत ईर्ष्या जागेको बताए ।

‘यो ईर्ष्या भनेको सकारात्मक ईर्ष्या हो, देशभर सबैले सिक्नलायक विकास हो,’ उनले थपे, ‘यहाँको विकासले मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।’ 

मन्त्री शर्माले नारायणी तटबन्धन, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नति, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । 

यस्तै भरतपुरमा निर्माणाधीन रंगगशालाको निर्माण कार्यलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।   





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार १८:५९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया