अदालतपरिसरमा प्रहरी परिचालन तत्काल बन्द गर्न एमालेको आग्रह

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सोमबार आन्दोलनरत नेपाल बार एसोसिएसनको ज्ञापन पत्र बुझ्दै सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी परिचालन नगर्न सरकारलाई सचेत गराएका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको नेपाल बार एसोसिएसनको आन्दोलनलाई लक्षित गरेर सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । त्यसो गर्नु दुःखद् घटनाको भएको उपनेता नेम्वाङले प्रतिक्रिया दिए । 

उनले न्यायालयबारे नेपाल बार एसोसिएसनले उठाएको मुद्दा गम्भीर भएको उल्लेख गर्दै ती समस्या समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उहाँले सर्वोच्च अदालतले आफूहरुले दिएको रिटको समेत सुनुवाइ नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । 

उपनेता नेम्वाङले अदालतमा देखिएको सो समस्या समाधान गर्न सम्बन्धित पक्षले बेलैमा पहल गर्न नसेकेको आरोप लगाए । 





  • प्रकाशित मिति : मंसिर ६, २०७८ साेमबार २०:३९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया