यू-१९ क्रिकेट प्रतियोगिता : खडकको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।  सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घले खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।  

संघका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी (उपकप्तान), अर्जुन साँउद (विकेटकिपर), नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउँद, लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त धामी, आकाश चन्द, दीपक टमटा र वसन्त कार्की रहेका छन् । 

यस्तै, अर्जनसिंह साँउद, अनुराग सिंह, सञ्जय बोहरा र वीरेन्द्र बमलाई वैकल्पिक खेलाडीका रूपमा टिममा समावेश गरिएको छ । गत कात्तिक २४ गतेदेखि मङ्सिर १ गतेसम्म भएको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट २४ जनालाई बन्द प्रशिक्षणमा राखिएको थियो । 

बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १४ जनालाई छनोट गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि काठमाडौंमा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।  

 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ८:१३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया