बारले कांग्रेससहित तीन दललाई आज ध्यानाकर्षण पत्र बुझाउने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । 

नेपाल बार र बार सर्वाेच्चले आज सत्ता घटक नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) तथा प्रतिपक्षी नेपाल मजदुर किसान पार्टीलाई ध्यानाकर्षण पत्र बुझाउन लागेका हुन् । 

बारले सोमबार नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा तथा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

जबराले संवैधानिक प्रक्रियाबाट आएकाले राजीनामा नदिने र संवैधानिक प्रक्रिया (महाभियोग)बाटै अघि बढ्ने भनेपछि महिना दिनदेखि आन्दोलनरत कानुन व्यवसायी सोमबारदेखि राजनीतिक दलको दैलोमा पुगेका छन् । 

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा कानुन व्यवसायीहरू ध्यानाकर्षण पत्र बुझाउने छन् ।
 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार ८:४३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया