रूपन्देही-४ को क्षेत्रीय सभापतिमा फेरि पनि मुकेश यादव

रूपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । क्षेत्रीय सभापतिमा मुकेश यादव पुनः दोहोरिएका छन् ।

दुई प्यानल प्रतिस्पर्धामा उत्रिएकामा सोमबार राति भएको सहमतिअनुसार यादव क्षेत्रीय सभापति बनेका हुन् । यसअघि क्षेत्र नम्बर ५ मा पनि सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

क्षेत्र नम्बर ३ मा भने विवादका कारण निर्वाचन नै स्थगित गरिएको निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए । संस्थापन पक्ष र पौडेल पक्षबीच विवाद हुँदा मतगणना नै स्थगित गरिएको हो । 

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ र २ मा भने मतदान भएको छ । क्षेत्र नम्बर १ मा हिरा केसी र विश्वनाथ यादव तथा क्षेत्र नम्बर २ मा हरि लम्साल र काजीमान श्रेष्ठबीच प्रतिस्पर्धा छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १०:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया