यु-१९ क्रिकेट प्रतियोगिताका लागि गण्डकीको टोली घोषणा

गण्डकी प्रादेशिक क्रिकेट संघले काठमाडौंमा आयोजना हुने ‘वाईवाई यु-१९’ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको छ ।

गत कात्तिक २९ देखि मंसिर ४ गतेसम्म पोखरा रंगशालामा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गण्डकीको टोली छनोट गरिएको हो । गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुका अनुसार १४ नियमित र चार वैकल्पिक खेलाडी छनोट गरिएको छ । 

टोलीको उपकप्तानको जिम्मेवारी सुभाष भण्डारीलाई दिइएको छ । छनोट भएका अन्य खेलाडीमा अर्जुन कुमाल, किरण पौडेल, दीपक डुम्रे, कमल परियार, सुदीप अर्याल, मिलन छेत्री, सुजन गौतम, सन्देश सुनार, सचिनराज अधिकारी, अभिषेक थापा, उत्सव श्रेष्ठ र प्रशान्त सिंह रहेका छन् ।

वैकल्पिक खेलाडीमा सन्दीप खत्री, स्वीकार श्रेष्ठ, विपीनराज न्यौपाने र समिर कँडेल हुनुहुन्छ । टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक दिवाकर थापा रहनुभएको छ । १९ वर्षमुनिको राष्ट्रिय क्रिकेटका लागि खेलाडी छनोट गर्न पोखरामा आयोजना गरिएको प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुरका खेलाडी सहभागी थिए । 

१९ वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।   





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १०:२४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया