एमाले महाधिवेशन : सचिवमा उम्मेदवारी दिने महेश बस्नेतको घोषणा

नेकपा एमालेका नेता महेश बस्नेतले दशौं महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । रिपोर्टस क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य समेत रहेका नेता बस्नेतले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 

भक्तपुरबाट राजनीतिमा सक्रिय हुँदै आएका बस्नेतले यो महाधिवेशनमा चितवनमा पाँच लाखभन्दा बढी मानिस भेला हुने बताएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीलाई सवैमान्य हिसाबले स्थापित गर्न लागिरहेको बताए । 

एमालेको शान, मान र गौरव बढेको भन्दै भौगोलिक हिसाबले सानो भएपनि नेपाली जनता सार्वभौमसत्ताका हिसाबले कोहीभन्दा कमी हुन ओलीले नदिएको उनले बताए । साथै, उनले अध्यक्षका लागि भीम रावलले गरेको दाबीले राम्रो सन्देश नदिएको बताए । ‘हाम्रो चाहिँ चाहना के हो भने, विगतमा मधेशमा एमाले र ओलीविरुद्ध निशेष समेत गराइएको छ । २ नम्बर प्रदेशका धेरै भूभागमा ४ हजार ५ हजार मान्छे प्रवेश गराएर एमालेको छुट्टै माहोल उहाँले बनाउनुभएको छ’ बस्नेतले भने । 

बस्नेतले आफूहरू ०६४ सालदेखिकै कमजोर अवस्थामा ओलीले बलियो बनाउँदै यहाँसम्म ल्याएको पनि बताए । महाधिवेशनबाट पार्टीमा लामो समय बिताएका, सबै समुदायका र नयाँ पुस्तालाई समेट्नपर्ने उनले बताए । एमालेलाई संकट परेको बेलामा काँध थापेका नेताहरुलाई पनि समात्नुपर्ने उनले बताए । 

हिजो माधव नेपालको साथमा रहेका ‘१० भाइ’ नेताहरूलाई विवेकपूर्ण रूपमा समेट्नुपर्ने बस्नेतले बताए । 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १२:३७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया