यु-१९ राष्ट्रिय क्रिकेट : लुम्बिनीको शानदार सुरुवात

वाइवाइ पुरुष यु-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशमाथि ९ विकेटको जित निकाल्दै शानदार सुरुवात गरेको छ । 

२४ रनको विजयी लक्ष्य लुम्बिनीले ५.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍याे । लुम्बिनीका कप्तान देव खनालले २० बलमा ४ चौकासहित सर्वाधिक अविजित १८ रन बनाउँदा विराट भण्डारी ८ रनमा अविजित रहे । 

गण्डकीका लागि एक मात्र विकेट सुवास भण्डारीले हात पारे । 

यसअघि मुलपानी मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकी १४.२ ओभरमा २३ रनमा अल आउट भएको थियो । उसका ७ खेलाडीले खाता खोल्न सकेनन् । 

गण्डकीका अर्जुन कुमालले १७ बलमा १ चौका सहित सर्वाधिक ६ रन बनाए । विष्णु पाण्डे ५ र सचिनराज अधिकारीले २ रनको योगदान दिए ।

लुम्बिनीका तीव्र गतिका बलर मोहम्मद हसैनले ७ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ७ विकेट लिए । दुर्गेश गुप्ता र वासिर अहमेदको नाममा १-१ विकेट रह्यो । 



लुम्बिनीले दोस्रो खेलमा कर्णाली तथा गण्डकीले बागमतीसँग खेल्नेछ । टियुमा बागमती प्रदेश र प्रदेश नम्बर १ बीच प्रतिस्पर्धा जारी छ ।



  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १३:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया