५ मत अन्तरले कांग्रेस सल्यान सभापतिमा विष्ट विजयी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा सभापति पदमा केशबहादुर विष्ट ५ मत अन्तरले विजयी भएका छन् ।

कुल १ हजार २३५ मतमध्ये विष्टले ५१२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी ध्रुवराज पुरीले ५०७ पाएका छन् ।

त्यस्तै, उपसभापति पदमा विष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले विजयी भएका छन भने सचिवमा पुरी प्यानलबाट प्रकाश भण्डारी र विष्ट प्यानलबाट एकराज बुढाथोकी विजयी भएका छन् ।

सहसचिवमा पुरी प्यानलबाट जनकराज गौतम र पदम बुढाथोकीले विजयी भएका छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १४:१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया