न्यायपालिकाको समस्या छिटो टुंग्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ : नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले न्यायपालिकाको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले न्यायपालिकाभित्र देखिएको द्वन्द्वको समाधान छलफल गरेर आपसमा समझदारी गरी समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘यसका लागि सम्बन्धित पक्षहरूबाट चाँडै कुराकानी हुन्छ । हामीले पनि प्रधानमन्त्रीलाई यो विषयमा पहल गर्न आग्रह गरिसकेका छौँ । छिटोभन्दा छिटो टुङ्गो लगाउनु आवश्यक छ । वार्ता संवादभन्दा ठूलो अरु केही हुन सक्दैन ।’

सरकारको सवालमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियुक्तिको काममा ढिलाइ गरिरहेको बताए । उनले विभिन्न पार्टीहरूको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गरे ।

अध्यक्ष नेपालले राज्यसँग जोडिएका कामहरूलाई सरकारले छिटोभन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पुर्‍याउन आवश्यक रहेको धारणा राखे ।

अर्को प्रसंगमा बोल्दै नेपालले राष्ट्रियसभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने बताए । उनले उपनिर्वाचनमा पनि पाँच दलीय गठबन्धन मिलेरै अगाढि बढ्ने विश्वास व्यक्त गरे ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १५:३१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया