अमेरिकी संसदीय प्यानलको चेतावनीः रुस र चीनसँगको युद्धमा अमेरिका हार्न सक्छ

एजेन्सी– अमेरिकी संसदीय प्यानलले रुस र चीनसँगको युद्धमा अमेरिका हार्न सक्ने बताएको छ । अमेरिकाले अहिले राष्ट्रिय सुरक्षा र सैन्य संकटको सामना गरिरहेकाले रुस र चीनसँगको युद्धमा हार्न सक्ने निष्कर्ष संसदीय प्यानलको छ । 

डमोक्रेटिक र रिपब्लिक पार्टीका दर्जनौं पूर्व अधिकारीको यो प्यानलले अमेरिकाको सैन्य बजेटमा कटौती भएको र उनीहरुको अन्य सुविधामा पनि कमी आएकाले पनि सुरक्षा मजबुत हुन नसकेको बताएको छ । रुस र चीनले अमेरिकासँग शक्ति सन्तुलन कायम गर्न आफ्नो शक्ति बढाउँदै गएका छन् । 

अमेरिकी संसदले राष्ट्रिय रक्षा रणनीति आयोगलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय रक्षा रणनीति (एनडिएस)को अध्ययन गर्न निर्देशन दिएको छ । 
आयोगले विश्वमै अमेरिकी राष्ट्रिय सुरक्षाको अवस्था अत्यन्त कमजोर अवस्थामा पुगेको संसदीय दलको रिपोर्टमा उल्लेख छ । 

रिपोर्टमा प्यानलले उल्लेख गरेको छ ‘अमेरिकाले विश्वमा फैलिरहेको आतंकवादविरुद्धमा लडाई गर्न ध्यान केन्द्रित नगरेर मिसाइल रक्षा, साइबर र अन्तरिक्ष अभियानसहित अन्य क्षेत्रतर्फ ध्यान दिइरहेको छ ।’


 
 
 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार ८:३४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया