देशभर थपिए ३५१ कोरोना संक्रमित, थप ९ जनाको मृत्यु
फरकधार / ७ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।



यस्तै आज कोरोना संक्रमणमुक्त भएर २७३ जना घर फर्किएका छन् । योसँग नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ८९० पुगेको छ । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।



सोही अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँग कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५०९ पुगेको छ । देशभर आज ७ हजार ३०० सक्रिय संक्रमित छन् ।









  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १६:२७:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया