राइनो संरक्षण गोल्डकप फुटबलकाे उपाधि च्यासल युथ क्लबलाई

कावासोती– एक सिङ्गे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा सञ्चालित ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि च्यासल युथ क्लबले जितेको छ । बिहीबार भएको अन्तिम चरणको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई टाई बे्रकरमा पराजित गर्दै च्यासलले उक्त उपाधि जितेको हो । 

खेलको १० औँ मिनेटमा अभिषेक रिजालको गोलबाट नेपाल पुलिसले अग्रता लिए पनि १६ औँ मिनेटमा च्यासलले बराबरी गोल फर्कायो । एक्काइसौँँ मिनेटमा पुलिसले थप एक गोल गर्दै मध्यान्तर अघि आफ्नो पक्षमा पार्यो मध्यान्तर पछि च्यासलले बराबरी गोल फर्कायो । निर्धारित समय बराबरीमा सकिएपछि थप गरिएको समयमा समेत दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाई बे्रकरमा पुगेको थियो । 

टाई बे्रकरमा च्यासल युथ क्लबले ५–३ गोल अन्तरले नेपाल पुलिसलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । विजेता च्यासलले ४ लाख ९९ हजार ५५५ सहित शिल्ड र पदक प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिसले २ लाख ५५ हजार ५५५ प्राप्त गरेको छ । प्रतियोगिताको म्यान अफ दि सिरिज च्यासलका गोल रक्षक दिनेश थापा मगर भएका छन् ।

खेलको माध्यमबाट युवाहरुलाई वन तथा वन्यजन्तु संरक्षणमा लाग्न उत्पे्ररणा जगाउने उद्देश्यले विगत पन्ध्र वर्षदेखि नन्द–भाउजू मध्यवर्ती उपभोक्ता समितिले नियमित रुपमा उक्त प्रतियोगित सञ्चालन गर्दै आइरहेको छ । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार ९:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया