प्रधानमन्त्रीका प्रेस सल्लाहकार कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्वर ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

हिजो भएको काठमाडौं–६ को अधिवेशनबाट परियार सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

लामो समय पत्रकारिता गरेका परियार यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकारको रूपमा काम गरेका थिए । अहिले पनि प्रेसको जिम्मेवारी उनले नै सम्हालेका छन् । तनहुँ स्थायी घर भए पनि पछिल्लो १० वर्षदेखि पार्टी राजनीतिमा उनी काठमाडौं क्षेत्र नम्बर ६ मा केन्द्रित थिए ।

समाजशास्त्रमा स्नातकोत्तर परियारले अमेरिकाको ओहायो विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गरेका छन् । पछिल्लो समय उनी चुनावी अभियानको रणनीतिकारका रुपमा पनि सक्रिय थिए ।

सातवटै प्रदेशमा भोटर्स क्लब गठन गरेर अभियानको रणनीतिको विषयमा काम गर्दै आएका थिए । परियारले सन् २०१३ मा थम्सन फाउण्डेशन बेलायतबाट खोज पत्रकारिताको पुरस्कारसमेत जितेका थिए ।

समय साप्ताहिक, राजधानी दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा आवद्ध रही लामो समय पत्रकारिता गरेका परियार पछिल्लो समय काठमाडौं प्रेश अनलाइनको प्रबन्ध सम्पादकमा क्रियाशील थिए ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १७:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया