इजरायलले ५ देखि ११ वर्षका बालबालिका पनि खोप लगाउन थाल्यो

इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाका लागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु भएको छ । महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल पनि एक भएको छ । 

गर्मीको समयमा यस यहूदी राज्यमा डेल्टा भेरियन्ट कोरोनाभाइरस संक्रमणमा वृद्धि भएको थियो ।

एघार वर्ष मुनिका बालबालिकाहरूमा हालसालै पुष्टि भएका घटनाहरूको कारण बालबालिकामा कोरोना लहर र संकमण फेरि बढ्न थालेको प्रधानमन्त्री नफ्ताली बेनेटले बताए । यसअघि १२ देखि १७ वर्षका किशोरकिशोरी खोप दिन सुरु गरिसकिएको थियो । तर फाइजरद्वारा गरिएको परीक्षण र इजरायली वैज्ञानिकहरूको प्यानलबाट भएको अनुसन्धानको आधारमा उमेर सीमा घटाउने निर्णय भएको जनाइएको छ ।

यो सजिलो निर्णय नभएको, तर संयुक्त राज्य अमेरिकाबाट उपलब्ध भएको डाटाको आधारमा पाँचदेखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्ध खोप अभियान शुरु गरिएको समाचारमा जनाइएको छ । प्रधानमन्त्रीले मंगलबार बिहान आफ्नै कान्छो छोरालाई खोप लगाउने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ । इजरायल गत वर्ष कोरोनाभाइरसविरुद्ध खोपहरू शुरुवात गर्ने पहिलो देशहरु मध्ये एक हो  । 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १९:१५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया