कांग्रेस महाधिवेशन : मोरङका दुई क्षेत्रमा सर्वसम्मत, चार क्षेत्रमा चुनाव

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङका चारवटा निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिसहित पदाधिकारीको चुनाव भइरहेको छ ।  ६ वटा क्षेत्र रहेको मोरङमा क्षेत्र नम्बर १ र ५ मा भने सर्वसम्मत सभापति चयन भएका छन् ।

क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा लेटाङ नगरपालिकाका मेयर शंकर राई क्षेत्र नम्बर ५ मा जवछ गच्छदार सर्वसम्मत निर्वाचित भइसकेको मोरङका निर्वाचन अधिकृत केदार कार्कीले बताए ।  सभापतिमा सर्वसम्मत भए पनि अन्य पदमा भने चुनाव भइरहेको उनले जानकारी दिएका छन् । 

क्षेत्र नम्बर २ मा वर्तमान क्षेत्रीय सभापति नागश्वरप्रसाद सिंह र यज्ञ कार्कीबिच प्रतिस्पर्धा भइरहेको छ । सिंह कोइराला पक्षका र कार्की देउवा पक्षका रहेको जनाइएको छ । सो क्षेत्र रक्षा मन्त्री मिनेन्द्र रिजालको क्षेत्र हो ।

क्षेत्र नम्बर ३ मा वर्तमान सभापति गणेश खड्का, केशव दुलाल र राजेन्द्रप्रसाद ढकालले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन् । खड्का र दुलाल दुवै जना कोइराला पक्षको रहेको जनाइएको छ । ढकाल भने देउवा पक्षका हुन् । दुलाल सुजाता कोइरालाका पूर्व पिएसमेत हुन् ।

क्षेत्र नम्बर ४ मा वर्तमान क्षेत्रीय सभापति विनोद बस्नेत र वसन्त हुमागाईंबीच प्रतिस्पर्धा हुँदै छ । बस्नेत कोइराला पक्षका हुन् भने हुमागाईं देउवा पक्षका हुन् ।

क्षेत्र नम्बर ६ मा पनि संस्थापन पक्षबाट चेतराज रेग्मी र इतर पक्षका देवराज तामाङबीच प्रतिस्पर्धा भइरहेको छ । दुई दिनदेखि सहमतिमा नेतृत्व नुगाउने भनिए पनि  सहमति नभएपछि चार वटा  क्षेत्रमा चुनाव भएको हो । क्षेत्र नम्बर ४ मा मतदान सकिए पनि अन्य तीन वटा क्षेत्रमा मतदान भइरहेको निर्वाचन अधिकृत कार्कीले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १९:२१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया