अमेरिकाले आफ्ना नागरिकलाई भन्यो - जर्मनी र डेनमार्कको यात्रा नगर्नू

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न आफ्ना नागरिकलाई सल्लाह दिएको  छ । यी दुवै देशमा कोभिड-१९ को सङ्क्रमण फेरि बढ्दो क्रममा छ । 

सिडिसिले यी दुई युरोपेली देशहरूमा यात्रा गर्नबाट जोगिनुपर्ने जनाएको छ जसलाई "लेभल फोर" सूचनाको रूपमा जारी गरिएको छ । यात्रा नै गर्नु पर्ने भए जो कोहीले पहिले पूर्ण रूपमा खोप लगाउनुपर्ने जनाइएको छ ।

सिडिसिले हाल विश्वभरका ७५ गन्तव्यहरू स्तर चारमा सूचीबद्ध गरेको छ जसमा विगत २८ दिनमा प्रति १०००,००० बासिन्दामा ५०० भन्दा बढी सङ्क्रमण देखिएका छन् । 





  • प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार १९:२५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया