एजेन्सी– युइएफए नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएकाे खेलमा क्रोएसियाले स्पेनमाथि जित दर्ता गरेको छ । प्रतियोगिताअन्तर्गत समूह ए–४ को समूहमा रहेको कोएसियाले स्पेनमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।
दुई टाेलीबीच भएकाे खेलको पहिलो हाफमा भने कुनै गोल हुन सकेन । खेल अवधिभर भएका सबै गोल दोस्रो हाफमा भएका हुन् । प्रतियोगिताको पहिलो गोल क्रोएसियाका लागि क्रामारिकले खेलको ५४औं मिनेटमा गरेका हुन् । तर, दुई मिनेटपछि नै स्पेनका सेलाबोसले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।
खेलको ६९ मिनेटमा क्रोएसियाका टिन जेडभाजले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । त्यसपछि खेलको ७८औँ मिनेटमा पाएको पेनाल्टी मिस नगरी स्पेनका सर्जियो रामोसले पुनः खेल बराबरीमा ल्याए । खेलको अतिरिक्त समयमा क्रोएसियाका जेडभाजले पुनः गोल गर्दै टिमको जित सुनिश्चित गरे ।
स्पेनसँगको जितसँगै क्रोएसियाले समूहको तीन खेलबाट ४ अंक जोडेको छ । हारका बाबजुद समूहमा शीर्ष स्थानमा रहेको स्पेनको ४ खेलबाट ६ अंक छ । त्यसैगरी इंल्यान्ड ३ खेलबाट ४ अंकका साथमा समूहको तेस्रो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।