परीक्षाका लागि पुरै देश बन्द, विमान समेत उड्दैनन्

एजेन्सी– दक्षिण कोरियाको एक विश्वविद्यालयले लिने परीक्षाको लागि दैनिक गतिविधि सबै बन्द गरिएको छ । विहीबार कलेज स्कोलास्टिक एबिलिटी टेस्टको परीक्षाका लागि दक्षिण कोरिया बन्द गरिएकाे हाे । 

उक्त परीक्षामा ६ लाख विद्यार्थी सहभागी थिए । यो परीक्षालाई सुनयुंग भनिन्छ । परीक्षा गर्ने विश्वविद्यालयले विद्यार्थीको ध्यान भंग नहोस भनेर पुरै देश बन्द गर्दै आएको छ । 

हरेक वर्ष नोभेम्बरमा हुने सुंगयुनमा लगातार ८ घण्टा परीक्षा दिनुपर्छ । यो समयमा पसल, बजार, बैंक सबै बन्द गरिन्छ । निर्माणका कामहरु पनि रोकिन्छ । यतिमात्रै नभएर विमान सेवा र मिलिट्री ट्रेनिङ समेत बन्द गरिन्छ । 

विद्यार्थीलाई परीक्षा केन्द्रमा समयमै पुर्याउन प्रहरीले सहयोग गर्छन् । सडक खाली गराउन प्रहरी भ्यान साइरन सहित निस्कन्छ । यो परीक्षाको बारेमा विद्यार्थीका अभिभावक समेत तनावमा हुन्छन र मन शान्ति गर्न बौद्ध मन्दिर वा चर्च जान्छन् ।

यो पटक सुंगयुनको समयमा सिंगापुरमा रहेका राष्ट्रपति मुन जे इन ले विद्यार्थीलाई फेसबुकमार्फत शुभकामना दिएका थिए । 

सुंगयुगका लागि विद्यार्थीहरु धेरै वर्षको तयारी गरेका हुन्छन् । पहिलोपटक सुंगयुगमा सहभागी भएका १८ वर्षीय युन सुहले यो परीक्षाका लागि १२ वर्षदेखि तयारी गरेको बताए । 



विद्यार्थीहरुको उत्साह बढाउन विश्वविद्यालयले परीक्षा सुरु हुनुभन्दा अगाडी विभिन्न क्रियाकलापहरुमा विद्यार्थीलाई सक्रिय गराउँछ ।  

  



  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १०:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया