नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को दुर्घटनामा परी निधन भएको छ ।
ना ५ ख ९०६ नम्बरको यात्रुवाहक बसले लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको निधन भएको हो । बन्जाडे मोटरसाइकलमा सवार थिए ।
उनी मंगलबार राति करिब ९ बजे बुटवलको जितगढीमा दुर्घटनामा परेका थिए । बुटवल बेलबासका ५५ वर्षीय बन्जाडे मोटरसाइकल पछाडि सवार थिए । उनको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।
मोटरसाइकल चालक भने सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।