राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ।
५० वर्षीय शेर्पाकाे आज(बुधबार) बिहान ३ बजेतिर निधन भएकाे हाे । उनी पछिल्लाे ३ वर्षदेखि नशासम्बन्धी राेगबाट पीडित थिए ।
विभिन्न देशमा उपचार गराउन गएपनि स्वास्थ्यमा सुधार नभएपछि उनी स्वदेश फर्किएका थिए।
शेर्पा नेपाल बास्केटबल संघका पूर्वअध्यक्ष, नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन् । उनी अमृत साइन्स क्याम्पसका सभापति पनि बनेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।