एजेन्सी– साउदी अरबले पत्रकार जमाल खशाेग्गीको हत्या मामिलामा युवराज मोहम्मद बिन सलमानलाई क्लिन चिट दिएको छ ।
विहीबार साउदीका कानुन विभाग प्रमुखले जारी गरेको एक बयानमा पत्रकार जमाल खशाेग्गी हत्या मामिलामा साउदीका युवराज मोहम्मद बिन सलमानको कुनै भुमिका नरहेको उल्लेख छ । खशाेग्गीको हत्या गर्न दुई वरिष्ठ अधिकारीले आदेश दिएको बयानमा छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी अरबको जासुसी एजेन्सीका उपप्रमुख जनरल अहमद अल असिरीले जमाल खशाेग्गीलाई स्वेदश फर्किन आदेश दिएका थिए, पछि खशाेग्गी वार्ता गर्न इस्तानबुल गएको समयमा वार्ता दलका प्रमुखले हत्याको आदेश दिए । विभागका अनुसार युवराज बिन सलमानलाई हत्या हुनुभन्दा अगाडी यसबारेमा केही थाहा थिएन् ।
कानुन विभाग प्रमुखका अनुसार खसोगीलाई नशालु पदार्थ खुवाएर हत्या गरि शव टुक्रा टुक्रा बनाइएको थियो । शरीरका टुक्रा वाणिज्य दुतावासका एक एजेन्टलाई बुझाइएको थियो ।
रिपोर्टर्सका अनुसार हत्याको सिलसिलामा २१ जना व्यक्तिलाई हिरासतमा लिइएको थियो र अनुसन्धानको क्रममा ११ जना पत्रकारहरु हत्याको दोषी रहेको पाइएको थियो ।
साउदी अरबको कानुन विभागले सरकारसँग खशाेग्गीको हत्यामा प्रत्यक्ष रुपमा ५ जना अधिकारीहरुको संलग्न रहेकाले उनीहरुलाई फाँसीको सजाय दिन माग गरेका छन् । यो बाहेक हत्यामा संलग्न अन्य व्यक्तिलाई पनि उचित सजायको माग गरेको छ ।
साउदी अरबका पत्रकार जमाल खशाेग्गी वासिंग्टन पोस्टमा स्तम्भकार थिए । अक्टोबर २ मा साउदी अरबको टर्की स्थित दुतावासमा उनको हत्या भएको थियो ।
दुतावासमा पत्रकारकाे हत्या विश्व इतिहासमै पहिलाे मानिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।