च्याम्पियन्स लिग अन्तर्गत मंगलबारकाे खेलमा घरेलु टाेली सेभियाले उल्फ्सबर्गमाथि २-० काे जित हात पारेकाे छ ।
राेमन साञ्चेज पिज्जुअनमा सेभियालाई जित दिलाउन जाअन जाेर्डन र राफा मिरले गाेल गरे ।
खेलकाे १२औं मिनेटमा जाेर्डनले गाेल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । थप गरिएकाे समयमा मिरले गाेल गर्दै टाेलीकाे जित पक्का गरे ।
याे जितसँगै ५ खेलमा ६ अंक जाेडेकाे सेभिया समूह `जी´काे तेस्रो स्थानमा उक्लिदा उल्फ्सबर्ग समान खेलबाट ५ अंकका साथ अन्तिममा छ ।
यही समूहकाे अर्को खेलमा लिलीले साल्जबर्गमाथि १-० काे कठिन जित हात पार्याे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।