मनीषा कोराइलाले गरिन् आलिया र कंगनाको प्रशंसा

अभिनेत्री मनीषा कोइरालाले बलिउड कलाकार कंगना रणावत, आलिया भट्ट र रणवीर कपूरको प्रशंसा गरेकी छन् । हालै एक अन्तर्वार्तामा उनले यी बलिउड अभिनेता/अभिनेत्रीहरूको प्रशंसा गरेकी हुन् ।

मनीषाले अभिनयमा आलिया र कंगानाको काम उत्कृष्ट रहेको बताइन् । उनले कंगानालाई त ‘ब्रिलियन्ट’ नै भनेर तारिफ गरेकी छन् ।

मनीषाले कार्तिक आर्यन राम्रो र रणवीर कपूर महान् रहेको पनि बताइन् । ‘मैले आलिया भट्टको काम हेरिसकेकी छु, मलाई लाग्छ उनी मैले गरेको कामभन्दा धेरै अगाडि छिन्,’ मनीषाले अन्तर्वार्तामा भनेकी छन्, ‘कंगना रणावत पनि शानदार छिन्, फिल्म ‘क्वीन’ मा  उनले गरेको अभिनय मलाई मन परेको छ ।’






  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार ९:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया