नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनअन्तर्गत दैलेख क्षेत्र नं. १ को सभापति दशरथ खड्काको प्यानल विजय भएको छ । खड्का संस्थापन इतर (पौडेल) समूहका हुन् ।
सभापतिमा निर्वाचित खड्काले ४ सय ७० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नगेन्द्रबहादुर मल्लले ३ सय १० मत प्राप्त गरेका थिए ।
क्षेत्रीय कार्यसमितिको सचिवमा प्रकाश न्यौपाने र विनोदकुमार गुरुङ निर्वाचित भएका छन् भने सहसचिवमा कृष्ण कुमार दाहाल र सीताराम थापा निर्वाचित भएका छन् ।
यस्तै, सदस्यमा कर्णबहादुर शाही, टेकबहादुर भण्डारी, युवराज रेग्मी, मानकुमारी चौधरी, अनु राना, गोपाल सुनार, अस्मिता विश्वकर्मा, महेन्द्र राना, गणेशबहादुर शाही र डम्बरबहादुर शाही निर्वाचित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।