डोल्पा कांग्रेसको सभापति, उपसभापति र सचिवमा शाही नेतृत्व

नेपाली कांग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही विजयी भएका छन् । उनी २३७ मत ल्याएर विजयी भएका हुन् ।  ७९ मतले 

उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन सभापति अंगतकुमार बुढाले १५८ मत प्राप्त गरे ।अर्का उम्मेदवार गाैरीशंकर उपाध्यायले २३ मत र दूध कुमारी हमालले ११ मत ल्याए।

दुई सिट रहेको उपसभापतिमा २४४ मतसहित पूर्ण शाही विजयी भए । लब कुमार शाही पनि २१० मत ल्याएर विजयी भएका छन् ।

उपसभापतिका उम्मेदवार  श्याम रोकायले २०० मत ल्याएर पराजित भएका छन् ।

त्यसैगरी सचिवमा २४० मत ल्याएर हिक्मतबहादुर शाही  र २५० मत ल्याएर दशरथ रोकाय विजयी भएका छन् ।

प्रतिद्वन्द्वी सुवास कठायतले १३५ र जनक बहादुर रोकायले ८८ मत ल्याएर पराजित भए ।



सहसचिवमा लक्ष्मण बहादुर शाहीले २३१ र सुरेन्द्र प्रसाद महतले २६० मत ल्याएर विजयी भएका छन् ।

सहसचिवका उम्मेदवार दिल कुमार रोकायले १५० मत ल्याएर पराजित भए ।



  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १२:२३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया