कार्यालयमा यसरी बन्नुहोस सबैको प्रिय

व्यस्त जीवनशैलीको बीचमा आफ्नो कार्यशैलीलाई व्यवस्थित र मयौदित बनाउन मानिसलाई अत्यन्त कठिन हुन्छ । कार्यालयमा कामको मात्रै होइन, सहकर्मीसँगको व्यवहार, हाकिमको डरले तनावग्रस्त बनाउन सक्छ । तर तपाई थोरै मात्रै सजग रहनु भयो कार्यस्थलमा आफ्नो ‘बोस’ र सहकर्मीहरुको प्रिय बन्न सक्नुहुन्छ । जसका लागि तल उल्लेख गरिएका  टिप्स अपनाउनुपर्छ । 

१) समयको ख्याल 

हरेक दिन निर्धारित समय भन्दा १० मिनेट पहिला कार्यस्थलमा पुग्न प्रयास गर्नुपर्छ । यसले तपाईलाई धेरै प्रकारको तनाव मुक्त गराउँछ । समयमै कार्यालय पुग्दा कसैको गाली खानु वा गसिप बन्नु पर्दैन । हरेक दिन ढिला कार्यस्थल पुग्दा तपाई धेरै व्यक्तिहरुको नजरमा पर्नुहुन्छ र यही विषयलाई लिएर मानिसहरुले तपाईको बारेमा नकारात्मक धारणा बनाउन थाल्छन् । 

२) सकारात्मक सोच 

सकारात्मक सोचले मानिसलाई उर्जा मिल्छ । सधैं अगाडी बढ्ने प्रेरणा मिल्छ । नकारात्मक सोचले तपाईप्रति नै विपरित प्रभाव पार्छ । सकारात्मक सोचले धेरै समस्याहरु पनि सहजै समाधान गर्न सकिन्छ । 

३) ज्ञान बढाउनुहोस 



आफ्नो कार्यक्षेत्रसँग जोडिएका विषयको बारेमा ज्ञान बढाउनु पर्छ । योसँगै बजारमा आएका नयाँ प्रविधिहरुको बारेमा पनि ज्ञान राख्नुपर्छ । जसका लागि तपाई किताब, इन्टरनेटको सहयोग लिन सक्नुहुन्छ । आफुभन्दा सिनियर साथीहरु, धेरै ज्ञान भएका विज्ञहरुसँग पनि परामर्श गर्न सकिन्छ । आफ्नो विषयमा धेरै ज्ञान हुँदा कार्यक्षेत्रमा तपाईको छवि उच्च बन्छ ।

४) सीमित वार्तालाप 



कार्यस्थल जति आवश्यक पर्छ त्यति मात्रामा कुरा गर्नुपर्छ । यसले तपाईलाई अफवाह र वादविवाद हुनबाट जोगाउँछ । कार्यस्थलमा पूर्णरुपमा कामप्रति ध्यान दिनुपर्छ । आफ्नो काम निर्धारित समयमा पुरा हुँदा तनावमुक्त हुन सकिन्छ । अनावश्यक गफमा समय व्यतित गर्नुभन्दा रुचिअनुसारको किताब र समाचार पढ्ने बानीको विकास गर्नु उपयुक्त हुन्छ । कार्यस्थलमा को के गरिरहेको छ, को के बोलिरहेको छ भन्ने तर्फ ध्यान दिनु भन्दा आफ्नो काममा पूर्ण रुपमा ध्यान दिनुपर्छ । 

५) शिष्टाचारको पालना 

शिष्टाचार यस्तो एउटा गुण हो, जसको पालना गर्दा तपाईको व्यक्तित्व उत्कृष्ट बन्छ । जुनसुकै तनावमा भएपनि कार्यालय आफ्नो घर होइन भन्ने कुरा सधैं ख्याल राख्नुपर्छ । यदि तपाई अर्कोको इज्जत गर्नुहुन्छ भने आफू पनि सम्मानित हुनुहुनेछ । कसैसँग रिसाउँदा, कराउँदा समस्याको समाधान हुँदैन, यसले झन अवस्था विग्रन सक्छ । यसकारण कार्यालयमा रहँदा शान्त र क्रोध रहित रहनुपर्छ । 


 

  • प्रकाशित मिति : कात्तिक ३०, २०७५ शुक्रबार १३:५९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया