प्रधानन्यायाधीशको राजीनामा माग्दै उच्च अदालत जनकपुरको मूल गेटमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीले उच्च अदालत जनकपुरको मूल गेट अवरुद्ध पार्दै धर्नासहित विरोधसभा गरेका छन् ।

नेपाल बार एसोसिएसनले विगत तीन दिनदेखि उच्च अदालतको मूल गेट अवरुद्ध गर्दै धर्ना दिएको हो । नेपाल बार एसोसिएसन जनकपुरका अध्यक्ष किशोरी साहको अगुवाइमा धर्नासहित विरोधसभा गरिएको हो ।

नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले जनताको विश्वास रहेको स्वतन्त्र न्यायपालिका प्रधानन्यायाधीश जबराको कारणले धुमलिएको र न्यायालयप्रति जनताको विश्वास गुम्दै गएकाले उनले तत्काल राजीनामा दिनुपर्ने बताए ।

न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागू गर्नुपर्ने र आफूहरूको एक सूत्रीय माग पूरा नभएसम्म बार एसोसिएसन केन्द्रिय समितिको आन्दोलनलाई ऐक्यबद्धता गर्दै धर्नामा बस्ने उनको भनाइ छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानन्यायाधीशले आफ्नो स्वार्थपूर्तिका लागि स्वतन्त्र निकाय न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकासँग सम्झौता गरेको आरोप लगाए ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १५:४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया