प्रधानन्यायाधीशविरुद्ध हेटौँडामा बारको धर्ना

उच्च अदालत पाटन हेटौँडा इजलास परिसरमा बुधबार तीनवटा अदालतका बार एशोसिएसनले धर्ना दिएका छन् । उच्च अदालत बार हेटौंडा, मकवानपुर जिल्ला अदालत बार एसोसिएसन र चितवन जिल्ला अदालत बार एसोसिएसनले बुधबार उच्च अदालत पाटन हेटौँडा इजलासअघि धर्ना दिएका हुन्  ।

न्यायालयमा भएको विसंगति, विकृति हटाउन केन्द्रीय बारको निर्णयअनुसार धर्नामा बसेको उच्च अदालत बार हेटौँडाका अध्यक्ष सुशीलकुमार पोखरेलले बताए ।

बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना चल्ने उनको भनाइ छ । यसअघि उच्च अदालत बार हेटौँडा र मकवानपुर जिल्ला अदालत बार एसोसिएसनले कालो पट्टी बाँधेर धर्नामा बस्ने तथा बेन्च बहिस्कार गर्दै विरोध जनाउँदै आएका थिए ।

केन्द्रीय बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै आएको छ । केन्द्रीय बारको निर्णयलाई ऐक्यबद्धता जनाउँदै आफूहरूले पनि विरोध जनाउँदै आएको पोखरेलको भनाइ छ ।





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १६:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया