कास्कीका १९२० किशोर–किशोरीले लगाए फाइजर खोप

कास्कीमा १२ वर्षभन्दा माथिका किशोर–किशोरी लगाइने कोरोनाविरुद्धको फाइजर खोप एक हजार ९२० जनाले  लगाएका छन् । कास्कीमा पहिलो चरणमा उपलब्ध दुई हजार १०० खोपमध्येसम्म एक हजार ९२० जनाले लगाएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोरोना फोकल पर्सन डा. शरद बरालले जानकारी दिए ।  

उनका अनुसार जिल्लामा गत कात्तिक २८ देखि यही मंसिर ३ गतेसम्म उक्त उमेर समूहका दीर्घरोगीलाई प्राथमिकता दिएर प्रदान गरिएको र बाँकी अरू किशोरकिशोरीका लागि प्रदान गरिएको थियो । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोरकिशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२  हजार ८४३ रहेका छन् ।  

पहिलो चरणमा भाइजर खोप गण्डकी प्रदेशका कास्की र धौलागिरिका दुई अस्पतालबाट  सञ्चालन  गरिएको हो  । धौलागिरिमा बुधबारसम्म एक हजार ९६ जनाले लगाएका छन् ।  

अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप नेपालमा पहिलो चरणमा एक लाख ६२० खोप देशका विभिन्न २५ वटा अस्पताललहरुमा सञ्चालन भएका छन् । 

यो खोप नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा दिइएको छ । अहिलेसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल र जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ । 





  • प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार १८:४७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया