ताइवानको स्वतन्त्रताबारे नबोल्न अमेरकालाई चीनको चेतावनी

चीनले ताइवानलाई अनावश्यक महत्व नदिन र उसको स्वतन्त्रताबारे नबोल्न अमेरिकालाई चेतावनी दिएको छ । लोकतन्त्रका लागि अमेरिकाले आयोजना गरेको शिखर सम्मेलनमा ताइवानलाई निम्तो दिएपछि चीनले सो चेतावनी दिएको हो ।

अमेरिकी निम्ताको कडा शब्दमा विरोध गर्दै चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध हुनु पर्ने सुझाव दिएका छन् । 

यही ९ र १० डिसेम्बरमा आयोजना हुने भर्चुअल सम्मेलनमा अमेरिकाले ताइवानसहित ११० देशलाई बोलाएको छ । तर, चीन, रुस, अफगानिस्तानलगायत केही देशलाई भने बोलाएको छैन् ।  ताइवानले अमेरिकी निम्ताको स्वागत गर्दै उसले वर्षौंदेखि प्रजातान्त्रिक मूल्य र मानव अधिकारको रक्षा गर्दै आएको जनाएको छ ।

चीनका दर्जनौं लडाकु जहाज ताइवानको सुरक्षा क्षेत्र नजिक उडेपछि ताइवान र चीनबीचको तनाब बढिरहेको छ । विवादमा अमेरिका पनि तानिएको छ । ताइवानको सुरक्षा क्षेत्रमा चीन गैरकानुनी ढंगले प्रवेश गरेको भन्दै अमेरिकाले त्यसको विरोध गर्दै आएको छ । चीनले ताइवानलाई हमला गरे त्यसको प्रतिकार गर्ने अमेरिकाले बताउँदै आएको छ । 

केही साताअघि अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमण्डलले ताइवानको भ्रमण गरेको थियो । भ्रमणको चीनले विरोध गरेको थियो । चीनले ताइवानलाई आफ्नो अभिन्न क्षेत्रको रुपमा व्यवहार गर्दै आएको छ । तर, ताइवानले आफूलाई सधै स्वतन्त्र र सार्वभौम मुलुक सम्झन्छ ।





  • प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार ७:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया